६ मंसिर २०८३, आइतबार

प्रचण्ड पछ्याएपछि पूर्वएमालेका सम्पत्तीमा माधव नेपालको स्वामित्व सकिएको ओलीको उद्घोष

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेका पार्टी कार्यालय र सम्पत्तीमा माधवकुमार नेपाल, झलनाथ खनालहरूको हक र स्वामित्व समाप्त भएको बताएका छन्।

एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा उनले पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेपछि उनको स्वामित्व पूर्वमाओवादीका कार्यालय र सम्पत्तिमा हुने संकेत गरेका छन्। ‘पार्टी विभाजन भएको खण्डमा प्रचण्डसँग बाँडफाँट हुन्छ, पूर्ववत अवस्थामा पुगिन्छ। पूर्वएमालेको सम्पत्तीमा उनको स्वामित्व छैन।’

उनले यसमा नेपाल, खनाललगायतका पूर्वएमालेका कतिपयले पनि दाबी गर्न नसक्ने बताउँदै भने,‘माधव नेपालजीसँग सम्झौता भएर एकीकरण भएको थिएन। त्यो एकीकरण म अध्यक्ष र माओवादीबाट प्रचण्ड अध्यक्ष भएका कारणले भएको थियो। आ–आफ्नो बाटो लागेपछि पूर्वएमालेका पार्टी कार्यालयदेखि सम्पत्तीमा नेपालले भागवन्डा वा स्वामित्व खोज्न मिल्दैन।’

अन्तरवार्ताका क्रममा प्रचण्डको आलोचना गरेका प्रधानमन्त्री ओलीले उनको पृष्ठभूमी १७ हजार मानिस मारेर आएको बताए। त्योसँगै उनले प्रचण्डले सहिद, वेपत्ता र कतिपय टुहुरालाई नहेरी परिवार उत्थानमा मात्रै लागेको बताएका थिए।