
काठमाडौं, ८ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगमा अध्यक्ष तथा प्रधानमन्त्रीलाई अध्यक्ष र संसदीय दलबाट कारबाही गरेको पत्र लिएर पुगेको छ।
माधव नेपाललाई अध्यक्ष बनाएका प्रचण्डले गत निर्वाचनमा स्वीकार नगरेको सूर्य चिन्हमा दाबी गरेका छन्। लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेको जनाइएको छ । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्।
आफूहरु आधिकारिक रहेको उनीहरुको दाबी छ। तर निर्वाचन आयोगले यो पक्षको पत्र पनि अध्ययनका लागि राख्ने भएको छ।











प्रतिक्रिया