३ कार्तिक २०८३, मंगलबार

नेकपाले निर्वाचन आयोगमा बुझायो विस्तारित केन्द्रीय कमिटीको सूची, भोलि सातै प्रदेशको भेला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विस्तारित केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

नेकपाको केन्द्री कमिटी पुनर्गठन भएको सूचनासहितको सूची आयोगमा दर्ता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

केही बेरअघि सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

यो समाचार पनि पढ्नुहोस–

 

बुधबार सातै प्रदेशका कार्यकर्ताको भेला

यसैबीच नेकपाको केन्द्रीय कमिटी बैठकले भोलि बुधबार सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलाका लागि मुख्य वक्ता समेत तोकिएको नेकपाले जनाएको छ ।

जसअनुसार गण्डकी प्रदेशको वक्तामा टोपवहादुर रायमाझी, कर्णाालीमा शंकर पोखरेल र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा प्रदीप ज्ञवाली, लेखराज भट्ट र कर्ण थापा तोकिएका छन् ।

यस्तै लुम्बिनीमा खिमलाल भट्टराई र प्रदेश २ को संयोजनको जिम्मेवारी सुमन प्याकुरेलले गर्ने बताइएको छ । साथै, वागमतीको संयोजन आनन्द पोखरेलले गर्ने निर्णय बैठकले गरेको छ ।