काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
संसद विघटनको विरोधमा रहेको कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
बैठकमा संसद विघटनको घोषणापछि कांग्रेसको उपस्थितिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबारे कडा प्रतिवाद गर्ने यसअघि जनाइ सकेको छ ।











प्रतिक्रिया