६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा चर्को घाम नलाग्ने, तापक्रम एक डिग्री सेल्सियस वृद्धि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम मंगलबार ४ डिग्री सेल्सियस पुगेको छ ।

काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

रातको समयमा बादल लाग्दा पृथ्वीको रेडियसनलाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्नेछ ।

मंगलबार काठमाडौं उपत्यकामा सोमबारको जस्तो घाम नलाग्ने महाशाखाले जनाएको छ ।