
काठमाडौं, ५ पुस । प्रधानमन्त्री कपी शर्मा ओलीले आज आइतबार राष्ट्रपतिसमक्ष संसद विघटनाको प्रस्ताव गरेपछि अहिले उनकाविरुद्ध तीव्र आलोचना भइरहेको छ ।
तर, ओलीको विरुद्धमा क्याम्पेनिङ गर्दै आएको नेकपा उपाध्यक्ष बामदेव गौतमले भने आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयबारे आफ्नो समर्थन र विरोध केही नभएको टिप्पणी उनले गरेका छन् ।
‘संसद भंग ः मेरो न समर्थन छ, न विरोध । पर्ख र हेरको अवस्थामा छु’, उनले भनेका छन् ।
आइतबार बिहान बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटन गर्न सिफारिस गरेका छन् ।
उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली यतिबेला राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।
संसद विघटनको सिफारिससँगै नेपाली राजनीतिमा ठूलो हलचल पैदा भएको छ भने प्रधानमन्त्री ओलीको विरोध शुरु भएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै उनको चर्को आलोचना शुरु भएको छ ।















प्रतिक्रिया