६ मंसिर २०८३, आइतबार

काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, तराईमा हुस्सु र कुहिरो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकासहित देशभरि चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।

आइतबार बिहान तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने शुरु भइनसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरूमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर हुस्सु लागिरहे तत्काल शीतलहर हुने सम्भावना बढेको छ ।

आइताबर काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।