६ मंसिर २०८३, आइतबार

नेकपाको स्थायी समिति बैठक बस्दै, विवाद यथावत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । पार्टीभित्र चरम विवाद भइरहेक बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ ।

बैठक बालुवाटारमा बस्नेछ । नेताहरूका बीच देखिएको विवादले नेकपाभित्र तनाबको स्थिति रहेको छ ।

शीर्ष नेताहरूले सहमति जुटाउने प्रयास गरेका छन । तर, सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अडानमा यथावत छन ।

ओली सहमतिका लागि दाहालसहितका नेता र मन्त्रीहरूलाई भेटेका थिए । ती भेटहरू धेरै सकारात्मक नरहेको नेताहरूको भनाइ छ ।