३ कार्तिक २०८३, मंगलबार

सकभर सहमति खोजौँ, नभए विधानको व्यवस्था अनुरूप अघि बढौं : रिजाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको विवाद समाधानका लागि सकेसम्म सहमति खोज्नुपर्ने र नभए विधानको व्यवस्था अनुरुप अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा भित्र लामो समयदेखि जारी विवाद समाधानका लागि शनिबार दिनभर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दौडधुप सकारात्मक भएको भन्दै उनले केहीबेरअघि ट्विट गरेका छन्, ‘सकभर विषयवस्तुमा सहमति र त्यो सम्भव नभएको अवस्थामा प्रक्रियामा सहमति गर्दै पार्टी एकताको भावना र विधानको व्यवस्था अनुरूप समस्या समाधान गर्नुबाहेक पार्टीलाई गोलचक्करबाट मुक्त गर्ने अर्को उपाय छैन ।’

यस्तै उनले पार्टीमा उत्पन्न समस्या समाधान गर्न अध्यक्षद्वयका साथै नेताहरूबीच निरन्तर छलफल हुनु सुखद् कुरा भएको बताउँदै लेखेका छन्, ‘पार्टीमा उत्पन्न समस्या समाधान गर्न अध्यक्षद्वयका साथै नेताहरूबीच निरन्तर छलफल हुनु सुखद् कुरा हो । विषयवस्तुमा मतान्तर भए पनि नेताहरूबीच निरन्तर रूपमा हुने सम्वादले नै त्यसलाई सॉघुरो बनाउँछ ।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतरका नेताका रुपमा चिनिने भीम रावलले पनि सोही प्रकृतिको धारणासहित ट्विट गरेका छन् ।

पत्रकारको पृष्ठभूमिबाट नेकपा नेता बनेका रिजाल पनि माधवकुमार नेपालनिकटका नेता मानिन्छन् ।

यो पनि पढ्नुहोस्–