
काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व गृहमन्त्री भीम रावलले पार्टी भित्रको विवाद समाधानका लागि नेताहरुबीच सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
विवाद समाधानका लागि शनिबार दिनभर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दौडधुपलाई लिएर नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
नेताहरुबीच सहमतिको प्रयास हुनु र शनिबारबो दौडधुप साकारात्मक भएको भन्दै उनले नेताहरुबीच सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने बताएका हुन् ।
केहीबेरअघि ट्विट गर्दै उनले लेखेका छन्, ‘बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँगग कुरा गर्न खुमलटार जानुभएछ ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँगग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो । सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ ।’















प्रतिक्रिया