६ मंसिर २०८३, आइतबार

दीपक मनाङेकी पत्नी धरौटीमा रिहा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ पुस । गण्डकी प्रदेश सांसद दीपक मनाङेकी श्रीमतीलाई ५० हजार धरौटीमा रिहा भएकी छिन् ।

चोरीको अभियोगमा पक्राउ परेकी उनलाई शुक्रबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनीसँग धरौटी माग गरेको हो । मनाङले आफूहरू भाडामा बसेको घरमा चोरी गरेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

मंसिर १० गते चोरीको मुद्दामा मकवानपुरबाट उनी पक्राउ परेकी थिइन् । ३५ वर्षीया दिछेन डोल्मा लामालनई आफू भाडामा बसेको घरमा चोरी गरेको आरोप लागेको थियो । मनाङे आफैँले श्रीमतीलाई पक्राउ गर्न लगाएको बताउँदै आएका छन् ।