६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा शुक्रबारदेखि गाडीको जोर–बिजोर प्रणाली हट्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा शुक्रबारदेखि गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ ।

अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर–बिजोर प्रणाली नमान्ने बताएपछि शुक्रबारदेखि यो प्रणाली हटाइएको हो ।

व्यवसायीको चौतर्फी दबाबपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरूको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

जोर–बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरूलाई कारबाही गरिने काठमाडौं जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

गाडी सञ्चालकहरूले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए–नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।