
काठमाडौं, २ पुस । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले आन्दोलनरत उखु किसानको वक्यौता रकम ७ दिनभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
उखु किसानको वक्यौता ७ दिनभित्र भुक्तानी गराउने व्यवस्था मिलाई प्रतिवेदन समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको छ ।
त्यस्तै, समितिले १५ दिनभित्र स्थलगत अध्ययन गरी चिनी उद्योगमा कार्यरत श्रमिकको समस्या समाधानको व्यवस्था मिलाइ विवरण उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।
गत वर्षको १८ पुसमा सरकार, चिनी मिल र उखु किसानबीच एक महिनाभित्र किसानले पाउँन बाँकी रकम भुक्तानी गर्न सम्झौता भए पनि उनीहरूले अहिलेसम्म भुक्तानी पाएका छैनन् ।
आफूहरूले पाँच वर्षसम्म उखुको भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसान काठमाडौंमा आन्दोलनरत छन् ।















प्रतिक्रिया