३ कार्तिक २०८३, मंगलबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको सञ्‍चालक समितिले आगामी पुस २४ मा ३४औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट लाभांश स्वीकृत हुने छ ।

बैंकका अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव छ । यो ५६ करोड ८ लाख १ सय ४७ रुपैयाँ हो । सञ्‍चालक समितिले चार रुपैयाँ ८४ पैसा प्रति सेयर नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

पुस ९ देखि २४ गतेसम्म साधारण तथा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज बन्द गरिएको छ ।