६ मंसिर २०८३, आइतबार

नेकपाको स्थायी समितिको बैठक बस्दै, ओली सहभागी होलान् ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली सहभागी हुने वा नहुने भन्ने विषयमा आशंका रहेको छ । अध्यादेश जारी भएपछि नेकपाभित्र विवाद भएको छ ।

अध्यादेशप्रति नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध जनाइसकेका छन् ।

स्थायी समितिको बैठकमा अध्यक्ष ओली सहभागी हुने हुन् या होइनन् चासोको विषय बनेको छ ।

अध्यादेश ल्याएका ओलीविरुद्ध बहुमत स्थायी समितिका सदस्यहरू विरोधमा उत्रने निश्चित छ । यसको सामना उनले बैठकमा पुगेर गर्ने हुन् या होइनन् चासोको विषय छ ।