काठमाडौं, १ पुस । लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुला भएको छ ।
कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरूका लागि बुधबारदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर खुला गर्न मंगलबार क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरूले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ ।
पहिलो चरणमा दर्शनार्थीहरूलाई पश्चिम ढोकाबाट प्रवेश दिइनेछ । त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ ।
चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।











प्रतिक्रिया