३ कार्तिक २०८३, मंगलबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे के भन्छन् प्रचण्ड ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

पार्टी र पार्टीका बैठकहरुमा कुनै पनि छलफल नगरी ल्याएको अध्यादेशको उनले विरोध गरेका छन् ।

सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको विरुद्धमा हुने भन्दै उनले उक्त अध्यादेश फिर्ता गर्न पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

अध्यादेश गलत मनसायले आएको भन्दै उनले यसले पार्टीमा समेत थप समस्या ल्याउने संकेत गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण समेत गरिसकेकी छिन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।