
काठमाडौँ, ३० मंसिर । चार जना मन्त्रीहरुले उखु किसानका समस्या हल गर्नेबारे छलफल गरेका छन् ।
मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषीमन्त्री घनश्याम भुसाल र संघीय ममिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीबीच उखु किसानका समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको हो ।
उनीहरुले किसानहरुको समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
उनीहरुले उखु किसानहरुका बक्यौता रकम भुक्तानी दिलाउन प्रयास गर्ने तथा नमान्ने चिनी उद्योगहरुलाई कारवाही गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।















प्रतिक्रिया