
काठमाडौँ, ३० मंसिर । कैलालीमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ४ घण्टामै पक्राउ गरेको छ ।
घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्ट चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।
सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से ३ प ३७४ नम्बरको सुपर स्प्लिण्डर मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको सूचनाका आधारमा खोज तलासमा लागेको प्रहरीले विष्टलाई मोटसाइकलसहित पक्राउ गरेको हो ।















प्रतिक्रिया