१० कार्तिक २०८३, मंगलबार

साढे ९ लाख जरिवाना तोकिएका र बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २९ मंसिर । बैङ्किङ कसुर र बहुविवाह मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका ५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका ४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।