६ मंसिर २०८३, आइतबार

पर्वतमा एमालेबाट निर्वाचित जनप्रतिनिध कांग्रेसमा प्रवेश

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामाखेत, २९ मंसिर । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की जनप्रतिनिध मायादेवी रेग्मी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

जलजला गाउँपालिका– ६ मा तत्कालीन नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित रेग्मी आइतबार कांग्रेसमा प्रवेश गरेकी हुन् । रेग्मीसँगै झण्डै १५ स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका दाबी कांग्रेसको छ ।

वडा सदस्य रेग्मीसहितका नेता कार्यकर्ताहरूलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र युवा नेता एवम् पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले पार्टीमा भव्य स्वागत गरेका छन् ।

नेकपाकी नेतृ एवम् वडा सदस्य रेग्मीसहित केदारनाथ भुसाल, मनका भुसाललगायतका स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको युवा नेता मल्लले जानकारी दिएका छन् ।

कांग्रेसले सरकारविरुद्ध सोमबार देशभरि प्रदर्शन गर्दै गर्दा रेग्मीले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेकी छिन् ।

कांग्रेसको विरोध प्रदर्शनको एक दिन पहिला वडा सदस्यमा निर्वाचित रेग्मीले आफ्नो निर्वाचित पदको बेवास्ता गर्दै कांग्रेसको झण्डा उचालेकी हुन् ।