१० कार्तिक २०८३, मंगलबार

कैलालीमा कोरोनाबाट थप २ महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । कैलालीमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुवै जना महिलार रहेका छन् । गोदावरी नगरपालिका १ बस्ने ७५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका १ बस्ने ५५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

गोदावरी बस्ने महिलामा मंसिर २१ गते संक्रमण देखिएपछि भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनको विहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

त्यस्तै, धनगढी बस्ने महिलामा २२ गते कोरोना देखिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आजै दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।