
काठमाडौँ, २७ मंसिर । अब विदेशबाट पेन्सन पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशले यस्तो व्यवस्था गर्न लागेको हो ।
अध्यादेशमार्फत ऐनको दफा १५ को (ग) मा रहेको ‘अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरिएको हो ।
यता नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाईरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् ।
त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।
अब यससँगै देशका करिब ५० हजारले लाभ लिन पाउनेछन् । उनीहरु बेलायत, भारतीयलगायत अन्य देशमा सुरक्षा निकायमा कार्यरत भएर हाल निवृत्तिभरण पाइरहेका छन् । उनीहरुले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् ।















प्रतिक्रिया