१० कार्तिक २०८३, मंगलबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, २७ मंसिर । गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका ४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले त्यहीँ बस्ने उदयपुर रौतामाई गाउँपालिका ८ घर भएका २८ वर्षीय मिलन रानामगरलाई शुक्रबार राति पक्राउ गरेको छ ।

युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका ११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।