१० कार्तिक २०८३, मंगलबार

हेल्भटास नेपालद्वारा सामुदायिक पशुपालन तालिम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

शिशाघाट, २६ मंसिर । हेल्भटास नेपाल र विश्व वैकको संयुक्त आयोजनामा व्यास नगरपालिका वडा नं ६, को शिशाघाट वजारमा स्थानिय वासिन्दालाई सामुदायिक पशुपालन तालिम संचालन गरेको छ ।

स्थानिय समुदायलाई सामुदायिक पशुपालनमा लाग्न प्रेरित गर्ने अभिप्राय स्वरुप हेल्भटास नेपालले विश्व वैक सँग सहकार्यमा ३ महिने तालिम संचालन गरिएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्र्तगत तालिम संचालन गरिएको प्रशिक्षक कुमोद पण्डितले जानकारी दिए ।

व्यवसायिक कृषि सँगै पशुपालन गरेमा आर्थिक रुपमा समेत सवल वन्न सकिने हुदाँ यस सम्वन्धि तालिम दिईएको प्रशिक्षक पण्डितले वताए ।

१६ जना महिला र ४ पुरुष गरि जम्मा २० जनालाई सामुदायिक पशुपालन तालिम दिईएको छ । प्रयोगात्मक र सैद्धान्तिक गरि दुई विधामा तालिम दिईएको हो । तालिममा सहभागीहरुलाई खाजा र आवश्यक समाग्री समेतको व्यवस्था गरिएको छ ।

तालिममा गाई, भैसी, भेडा, वाख्रा, कुखुरा, सँगसँगै सामुदायिक विकासको वारेमा प्रशिक्षण दिईएको तालिममा सहभागी मैना थापाले बताईन् । तालिम पाश्चात सामुदायिक कार्यक्रम अन्र्तगत विभिन्न पशुपालन गरेर आत्मनिर्भर वन्र्ने सहभागीले बताए ।