
काठमाडौँ, २६ मंसिर । काठमाडौँको कलंकी ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले ट्रकको ब्रेक फेल हुँदा ट्रकले पैदलयात्री, बस, ट्याक्सी र मोटरसाइकललाई ठक्कर दिएको छ ।
प्रदेश -२-०३००१ ख १४२० नम्बरको मालबाहक ट्रक थानकोटबाट कलंकीतर्फ आउँदै गर्दा दुर्घटना हुन पुगेको हो ।
दुर्घटनामा परी घाइते भएका ६ जना उपचारका लागि अस्पताल लगिएको छ । त्यस्तै, अन्य ७ सवारीलाई क्षति पुगेको प्रवक्ता अधिकारीले जनाए ।















प्रतिक्रिया