२ कार्तिक २०८३, सोमबार

दोस्रो विवाह गर्ने तयारीमा हास्य कलाकार मनोज गजुरेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको तयारी थालेका छन् ।

प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा पत्नी मीना ढकालसँग पारपाचुके गरेका उनी करिब ३ वर्षयता सिंगल छन् ।

एपीवान टेलिभिजनले प्रशारण गरेको एक अन्तर्वार्ता उनले विवाहको तयारी भइरहेको खुलासा गरेका हुन् । आफूले विवाह गर्न लागेको उनले स्वीकार गरेका छन् । तर, उनले कोसँग र कहिले भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

यद्यपि केही समय पछि आफू विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो भएको बताउँदै उनले यो कुरा प्रष्ट हुन केही महिना लाग्ने बताएका छन् ।

उनले केही व्यावहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने बताएका उनले अब आफ्नो विवाह पूर्वी नेपालमा हुने संकेत दिएका छन् ।

यो पनि पढ्नुहोस्–