बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नायिका श्वेताले मंसिर २२ गते विवाह गर्ने

दैनिक नेपाल २०७७ मंसिर १८ गते ८:५३

काठमाडौं । नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गर्ने लागेकी छिन् ।

खड्काले मंसिर २२ गते विवाह गर्न लागेकी हुन् । खड्काले आफ्ना निकटका व्यक्तिहरूलाई निम्तो कार्ड समेत वितरण गरेकी छिन् ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरूको विवाह हुनेछ ।

नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो ।

खड्काले ‘कहाँ भेटिएला’बाट फिल्म खेल्न शुरु गरेकी थिइन् । उनले ‘कान्छी’ फिल्म पनि निर्माण गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित