८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले नेकपा स्थायी कमिटी बैठकमा पठाएको पत्रमा के छ ? (पत्रसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ मंसिर । सत्तारुढ नेकपाको आइतबार बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभए पनि पत्र पठाएका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समितिलाई सम्बोधन गर्दै सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत पठाएका थिए । आफू बैठकमा सहभागी हुन नसक्ने बताउने व्यहोरासहित पत्र पठाएका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता पोखरेलमार्फत प्रधानमन्त्री ओलीको पत्र प्राप्त भएको जानकारी दिएका थिए ।

बैठकमा नेता पोखरेलले नै पत्र पढेर सुनाएका थिए । पत्रमा प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने उल्लेख गरिएको जनाइएको छ । साथै, महाधिवेशन अघि आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने पनि पुनः स्पष्ट पारेको बताइएको छ ।

ओलीको सहमति बिनै बैठक बसेको हो । अर्को बैठक पुनः मंसिर २८ गते बस्ने तय भएको छ ।

हेर्नुस् प्रधानमन्त्री ओलीले बैठकमा पठाएको पत्र: