२ कार्तिक २०८३, सोमबार

नेकपा सचिवालय बैठकको स्थान परिवर्तन, यस्तो छ कारण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)को आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकको स्थान परिवर्तन गरिएको छ ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने स्थान तय गरिएको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री कपी शर्मा ओलीले बालुवाटारमै बैठक गर्ने निर्णय लिएका हुन् ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपा उच्च स्रोतको दाबी छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची छ ।

तर, अध्यक्ष दाहालले ओलीको प्रस्तावमाथि जवाफ दिने तयारी भइरहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्–