२ कार्तिक २०८३, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जनकुमार निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहतर्फको उपाध्यक्षमा किशोर प्रधान समूहका अञ्जनकुमार श्रेष्ठ विजयी भएका छन् ।

उनले चन्द्र ढकाल समूहका उमेशलाल श्रेष्ठलाई २५ मत अन्तरले पराजित गरेका हुन् । उमेशलालले ३७ मत प्राप्त गर्दा अञ्जनले ६२ मत प्राप्त गरे ।

नाडा अटोमोबाइल एसोसिएसनका अफ नेपालका तर्फबाट उम्मेदवार भएका श्रेष्ठ किशोरकुमार प्रधान प्यानलका हुन् ।

यसअघि नै वस्तुगततर्फका १४ जना कार्यकारी सदस्य विजयी भइसकेका छन् ।