बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एफएनसीसीआई निर्वाचन : वस्तुगत सदस्यतर्फ बराबरी नतिजा, ७/७ जना निर्वाचित

दैनिक नेपाल २०७७ मंसिर १३ गते २२:११

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मत गणना भर्खरै सम्पन्न भएको छ ।

परिणामअनुसार दुईवटै प्यानलले बराबरी नतिजा प्राप्त गरेका छन् ।

खसेको कुल १०५ मतमध्ये २ मत बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट ७ जना सदस्यमा विजयी भएका छन् । यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट पनि ७ जना नै सदस्यमा निर्वाचित भएका छन् ।

ढकाल समूहका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ अन्तर्गत रहेका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन् ।

यस्तै प्रधान समूहबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ अन्तर्गत रहेका अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित