काठमाडौं, १० चैत । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र दक्षिण कोरियाको कोरिया ट्रेड इन्भेस्टमेन्ट प्रोमोसन एजेन्सी (कोट्रा)का भारत तथा दक्षिण–पश्चिम एसियाका प्रमुख महानिर्देशक दो सोइक चोइबीच आज यहाँ भेटवार्ता भएको छ ।
भेटका क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीन र भारत जस्ता विशाल अर्थतन्त्र एवम् जनसङ्ख्या भएका मुलुकका बीचमा रहेको नेपालमा लगानी गरी फाइदा लिन कोरियाली प्रतिनिधिमण्डललाई अनुरोध गर्दै नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा कोट्रासँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
महानिर्देशक चोइले कोरियाका लागि नेपाल महत्पूर्ण र भरपर्दो व्यापारिक साझेदार रहेको बताउँदै लगानी वातावरण अनुकूल भएमा दक्षिण कोरियाका कम्पनी नेपालमा लगानी गर्न उत्सुक रहेको र यसका लागि कोट्रा चेम्बरसँग सहकार्य गर्न तयार छ भन्नुभयो । उहाँले कोरियाले नेपालमा निर्माण व्यवसाय, जलस्रोत, इलेक्ट्रोनिक्स, मोबाइल, सूचना प्रविधि, इ–गभर्नेन्स र कृषिमा लगानी गर्ने पर्याप्त सम्भावना रहेको जानकारी पनि दिनुभयो ।















प्रतिक्रिया