२९ आश्विन २०८३, बिहिबार

आयोजक न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New-Zealand-1काठमाडौं, १० चैत । आयोजक न्यूजिल्याण्ड विश्वकप क्रिकेट २०१५ को फाइनलमा प्रवेश गरेको छ । मंगलबारको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

फाइनल प्रवेशका लागि २९८ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले निर्धारित ४३ ओभर खेल्दै ६ विकेटको क्षतीमा भेट्टायो ।
न्यूजिल्याण्डका लागि ग्रान्ट इलिएटले सर्वाधिक ८४ रनको बनाए ।

यसअघि टस जितेर व्याटिगं गरेको दक्षिण अफ्रिकाले निर्धारित ४३ ओभरमा ५ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । वर्षाले प्रभावित खेललाई ४३ ओभरमा छोट्याइएको थियो ।

डर्क वर्थ लेविस मेथर्डका आधारमा छोट्याइएको खेलमा न्यूजिल्याण्डलाई २९८ रनको लक्ष्य दिइएको थियो ।

आजको खेलमा दक्षिण अफ्रिकाका फफ डे प्लेसिसले सर्वाधिक ८२ रन बनाए । एबी डेभिलियर्सले ६५ रनमा अविजित हुँदा डेभिड मिलरले ४९ रन जोडे । रिली रस्वले ३९ रन, क्वीन्टन डे ककले १४ रन मात्रै बनाए ।

न्यूजिल्याण्डले उपाधिका लागि भारत र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।