
काठमाडौँ, ३० कात्तिक । काठमाडौँ उपत्यकामा थप ८ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ३ सय ५२ महिला र ४ सय ५५ पुरुष रहेका छन् ।
देशभर बिहीबार थप १ हजार ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ भने २ हजार ७ सय ९८ जना निको भएका छन् । त्यस्तै, गत २४ घण्टमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।















प्रतिक्रिया