९ कार्तिक २०८३, सोमबार

आइतबार थप १४ सय ७७ जनामा कोरोना, २७ सय ९८ निको

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० कात्तिक । नेपालमा थप १ हजार ४ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

हाल देशभर ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ७ सय ९८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

यससँगै मृतकको संख्या १ हजार २ सय २१ जना पुगेको छ ।