
काठमाडौँ, २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४० मिनेट बसेर सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको पत्र र प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षलाई लेखिएको पत्र अध्ययनका लागि आदानप्रदान भएको बताए ।
त्यस्तै, सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया