
काठमाडौँ, २८ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार २ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ स ८० जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, गत २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।















प्रतिक्रिया