१२ कार्तिक २०८३, बिहिबार

एसएलसी परीक्षा दिँदै गरेका सुदिपको अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटबल, १० चैत । बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका एसएलसीका प्रतिभाशाली परीक्षार्थी सुदीप अधिकारी आइतबारदेखि बेपत्ता भएका छन् ।

बेपत्ता भएपछि अपहरणको आशंकामा प्रहरी र अभिभावकले खोजी अभियान तीव्र पारेको खबर आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही एसपी राजेन्द्र ढकालका अनुसार सोमबार बेलुकादेखि बुटवलको राजमार्ग र जंगल क्षेत्रमा दुई सय प्रहरी परिचालन गरी खोजी तीव्र पारिएको छ । भारतीय सीमावर्ती नाका बेलहिया-सुनौलीदेखि गोरखपुरसम्म पनि प्रहरी परिचालन गरी खोजी भइरहेको जानकारी उनले दिए ।

न्यु होराइजनका पि्रन्सिपल लोकनाथ उपाध्यायका अनुसार अधिकारी प्रतिभाशाली छात्र हुन्। उनले गत सेन्टअप परीक्षामा गणित विषयमा ९९ अंक ल्याएका थिए। आइतवार एसएलसीको गणित विषयमा ९७ अंकको प्रश्न हल गरेपछि उनी निराश भएका थिए।

साँझ पाँच बजेतिर साथी कहाँ पढ्न जान्छु भनि निस्केका अधिकारी सोमबार बिहान ८ बजे परिक्षामा सहभागी नभएपछि विद्यालय र घरपरिवारमा तनाव भएको थियो। सबैजना मिलेर उनको साथीको घर, आफन्त र बुटवल क्षेत्रमा खोजी गरेपनि पत्तो नलागेपछि प्रहरीसँग गुहार मागिएको हो।