९ कार्तिक २०८३, सोमबार

जेसीजको जस्तै नेतृत्व प्रणाली अपनाउनुपर्छ : अध्यक्ष चौधरी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मोहन पौडेल

परासी, २६ कात्तिक । रामग्राम जेसीजको आयोजनामा आज एकदिने जेसीज नलेज एण्ड प्लानिङ्ग वर्कशप आज सम्पन्न भएको छ ।

जेसीजमा आवद्ध नयाँ सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतमले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जेसीजको नेतृत्व प्रणाली राजनीतिमा अपनाउन आवश्यक रहेको बताए ।

उनले भने, स्थानीय तहमा दुई पटक मात्र निर्वाचित हुन पाउने व्यवस्था छ तर प्रदेश र संघमा त्यस किसिमको व्यवस्था छैन्, जसले गर्दा बुढाहरुले देश चलाउने र युवाहरु बेरोजगार हुनुपर्ने अवस्था छ, जेसीजमा जस्तै नेतृत्व हस्तान्तरणको प्रणाली कानूनमै व्यवस्था हुनुपर्छ

रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, राजेश्वरी प्रावि नदवाका प्रधानाध्यापक बसन्त पराजुली, कार्यक्रम संयोजक सुनिता अग्रहरी,रामग्राम जेसीजका पर्यटन निर्देशक मोहन पौडेल लगायतले बोल्दै सिकेका कुरालाई व्यवहारमा उत्र्तान आग्रह गरेका थिए ।