ताप्लेजुङ, ९ चैत । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भीषण आगलागी भएको छ ।
आगलागीबाट दर्जनौँ घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । सदरमुकाम फुङ्लिङ –४ स्थित बजारमा आज बेलुकी सबा ७ बजेदेखि भीषण आगलागी सुरु भएको हो ।
आगलागी नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीका साथै स्थानीय बासिन्दा जुटेका छन् । अहिलेसम्म चार दर्जन घर जलिसकेको प्रहरीले जनाएको छ । आगोको प्रभावलाई नियन्त्रण गर्नका लागि स्काभेटरसमेतको प्रयोग गरिएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकका साथै विभिन्न निकायका अधिकारी सक्रियताका साथ आगो नियन्त्रणको प्रयासमा लागेका छन् । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया