१२ कार्तिक २०८३, बिहिबार

अखिल क्रान्तिकारीद्धारा राजधानीको कालिमाटीमा चक्काजाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-aakhilकाठमाडौँ, ९ चैत । एमाओवादी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सङ्गठनले आफ्ना एक विद्यार्थीको मृत्युमा दोषीमाथि कारबाहीको माग गर्दै आज कालिमाटीमा चक्काजाम गरेको छ ।

यही चैत ५ गते त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार अगाडि विद्यार्थी मानबहादुर शाही चढेको मोटरसाइकललाई एक अपरिचित सवारी साधनले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा ७ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।

सोही दुर्घटनामा अन्य विद्यार्थी बलभद्र कठायत र मीना खड्का घाइते भई सोही अस्पतालमा उपचार गराइरहनुभएको छ ।

दुर्घटनामा संलग्न सवारी साधनको खोजी, दोषीमाथि कानुनी कारबाही र मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिलाउन दबाब दिने उद्देश्यले सो चक्काजाम गरिएको विद्यार्थी नेता ज्योति महतले जानकारी दिनुभयो ।

कालिमाटीस्थित प्रहरी वृत्तका प्रमुख राजेन्द्रप्रसाद धमलाले विद्यार्थीले १० बजेदेखि करिब एक घन्टा गरेको चक्काजामका कारण सवारी साधन आवतजावतमा अवरोध उत्पन्न भएपछि सो मार्ग भई सञ्चालन हुने सवारी साधनलाई अन्यत्र मोडिएको जानकारी दिनुभयो । रासस