२ कार्तिक २०८३, सोमबार

बैतडीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २३ कात्तिक । बैतडीको दोगडाकेदारमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो गएराति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

त्यस्तै, दुर्घटनामा दोगडाकेदार–३ श्रीकोटका २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनी चालक हुन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।