२ कार्तिक २०८३, सोमबार

कुमारी बैंकले गर्यो लाभांश परिवर्तन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । कुमारी बैंकले लाभांश परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले नगद लाभांश घटाएर बोनस शेयरको हिस्सा बढाउन निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर बढेसँगै नगद लाभांश ३ दशमलव १५ प्रतिशतमात्रै दिने भएको छ ।

जम्मा लाभांश भने १४ प्रतिशत नै रहेको छ । राष्ट्र बैंकले यस अगाडि जारी गरेको लाभांश स्वीकृत कार्यविधि २०७७ अनुसार लाभांश परिवर्तन गर्न निर्देशन दिएको हो ।

बैंक सञ्चालक समितिले लाभांश घोषणा गरेपछि साधारणसभामा लैजानु अगाडि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने हुन्छ ।