२ कार्तिक २०८३, सोमबार

भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २३ कात्तिक । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित थप एक जना पुरुषको मृत्यु भएको छ ।

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो ।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या समेत देखिएको थियो ।