
काठमाडौँ, २२ कात्तिक । बलात्कार र महिला हिंसाविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।
शनिबार ‘अझै कति सहने’ अभियानका प्रदर्शनकारीले कालो पोशाक तथा कालै मास्क लगाएर प्रदर्शन गरेका थिए । त्यस्तै, आँखामा कालो पट्टी समेत बाँधेका थिए ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी अपनाइदै गरिएको उक्त प्रदर्शनमा बलात्कारविरुद्धको ब्यानरसमेत बोकिएको थियो ।
यो अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै उपत्यका बाहिर पनि प्रदर्शन गर्दै आएको छ ।
फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शनको आह्वान गर्दै आएका छन् ।















प्रतिक्रिया