२ कार्तिक २०८३, सोमबार

प्रवासको कथा समेटेर राजेशपायल र निलमले ल्याए ‘पूर्वै शहर’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निलमको संगीतमा रहेको गीतका शब्द सृजना आलोक चाम्लिङ राईको छ । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका छन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमी देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देशप्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यावसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन् । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केही टेलीशृंखला फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् ।