१३ कार्तिक २०८३, शुक्रबार

अवतरणका क्रममा थाइ एयरको जहाजमा चरा ठोक्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-Birdकाठमाडौं, ८ चैत । अवतरणका क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको राजधानी बैंककबाट आएको थाई एयरको जहाजमा चरा ठोक्किएको छ ।

आइतबार दिउँसो अवतरणका क्रममा थाई एयरवेजको जहाजमा चराले ठक्कर दिएको हो । चराले ठक्कर दिएपनि जहाज सकुशल अवतरण भएको छ ।

थाइ एयरवेजको बोइङ ७७७ जहाज अवतरणका क्रममा दायाँ इञ्जिनमा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका देव चन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबाट बचेको जहाजको चेकजाँच भइराखेको छ ।

जहाजमा चरा ठोक्किएपछि अहिले फर्किनुपर्ने जहाजलाई विमानस्थलमा राखेर इञ्जिनियरहरुले चेकजाँच गरिरहेका छन् । अहिले थाई एयरको उडान अनिश्चित भएको छ ।