१३ कार्तिक २०८३, शुक्रबार

धरानमा मुटु बाहिर भएको बच्चा जन्मियो (हेर्नुस् फोटोहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daharan-hearth-baby

– सन्तोष काफ्ले
धरान, ८ चैत । सामान्तया मान्छेको मुटु शरीरभित्र हुन्छ । शिशु जन्मनासाथ अन्य अङ्ग जस्तै मुुटुपनि शरिर भित्र नै हुन्छ । तर, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जन्मिएका एक नवजात शिशुमा मुटु बाहिर देखिएको छ ।

उनको जन्मँदै मुटु बाहिर देखिएको हो । झापा वनियानी ४ की २२ वर्षिया श्रुतिकार्की (दाहाल)को कोखबाट शल्यक्रिया गरी निकालिएको शिशुको मुटु शरीर बाहिर देखिएको हो ।

चारदिन अघि सुत्केरी ब्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याईएकी श्रुतिको पेटबाट शल्यक्रिया गरी मुटु बाहिर भएको बच्चा निकालिएको हो । श्रुतिको यो पहिलो बच्चा हो ।

कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा. रमेश दाहालको टोलीले गरेको थियो । शिशुको तौल २ केजी ४ सय ग्राम रहेको छ । डाक्टरहरुले पेटबाट बच्चा निकाल्ने वित्तिकै मुत्यु हुन सक्ने बताएता पनी नवजात शिशुको अवस्था हालसम्म सामान्य रहेको छ ।

daharan-hearth-baby1शल्यक्रिया गरी शिशुलाई निकाल्दा उसको मुटु बाहिर भएपनि अरु अंगहरु सबै राम्रेै रहेको प्रतिष्ठानको प्रसुति रोग विभाग प्रमुख डाक्टर शैलवा क्षेत्रीले जानकरी दिनुभयो ।

यस्तो घटना नेपालमा मै पहिलो भएको र विश्वमै हालसम्म ९१ वटा मात्र भएको उहाँको भनाई छ । क्रोमोजोमनको कारण यस्तो समस्या आउने बताउदै उहाँले यसको उपचार एकदमै कमै मात्र हुने गरेको बताउनुभयो ।

शल्यक्रिया गरेर शिशुको मुटुभित्र हाल्नुपर्ने भएको हुँदा प्रतिष्ठानले काठमाडौं रेफर गरेको उहाँले जानकारी दिनुभयो । तर हाल सम्म शिशुको प्रतिष्ठानको बालरोग विभागअन्र्ततको नर्सरीका राखेर उपचार भइरेहेको छ ।

नवजात बच्चाको बुवा सुवास कार्की भने विदेशमा रहेको कार्कीकी दिदी यशोदाले बताइन् । झापाको वनियानी घर भएकी कार्कीको भद्रपुरमा रहको एक क्लिनिकमा चेकजाँच गराउदा सुरुमा केही नभएको तरपछि शिशुको मुटु बाहिर छ भन्दै प्रतिष्ठान पठाएको सुवासका भिनाजु प्रकाश कार्कीले वताउनुभयो । शिशुको उपचारका लागी सहयोग गरिदिन सबैसंग आग्रह समेत गर्नुभएको छ ।

शिशुको तौल २ केजी ४ सय ग्राम रहेको थियो । हाल सम्म शिशुको अवस्था समान्य रहेको उपचारका संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानको बालरोग बिभागमा उपचारार्थ मुटु बाहिर भएका शिशु ।