थाइल्याण्ड । विश्वकप च्याम्पियनसिप अन्तर्गतको बक्सिङ्ग खेलमा गोल्ड मेडल जित्ने नेपाली खेलाडीलाई थाइल्याण्डमा सम्मान गरिएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा जारी थाई बक्सिङ्गको विश्व च्याम्पियनसीपमा गोल्ड मेडल विजेता नेपाली खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले शनिवार एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।
वोर्ल्डम्याक गेम्सको आयोजनामा मार्च १२ देखि २२ तारिखसम्म हुआमाक स्टेडियम बैंककमा जारी उक्त टुर्नामेन्टमा नेपाली खेलाडी निकेश तामाङले ४८ देखि ५१ किलो तौल समुहमा गोल्ड मेडल जित्न सफल भएका थिए ।
विभिन्न ५१ देशले भाग लिएको उक्त प्रतिस्पर्धामा नेपालको तर्फबाट तामाङका अतिरिक्त अर्का खेलाडी समिप रार्इ पनि सामेल भएका थिए ।
सम्मान समारोहमा बोल्दै एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले थाई बक्सिङ्गमा नेपाली खेलाडीले गरेको जीतले नेपालको नाम विश्वमा उचो राखेको र यसले नेपाल थाइल्याण्डबीच को समन्धलार्इ पनि सुमधुर बनाउने बताउनुभयो ।
खेलाडीलाई एनआरएनको तर्फबाट प्रशंसापत्र बितरण गर्दै अध्यक्ष ढकालले नेपाल थाई बक्सिङ्ग संघलार्इ थप सक्रिय हुन आग्रह गर्दै एनआरएन थाइल्याण्ड भविष्यमा पनि थाई बक्सिङ्ग खेलको विकास गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
ढकालले नेपालले क्रिकेटमा जस्तै थाई बक्सिङ्गमा पनि अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने सम्भावना देखिएकोले नेपाल सरकारले यस खेलको प्रवद्र्धन र विकासमा विशेष चासो दिन आग्रह गर्नुभयो ।
नेपाल थाई बक्सिङ्ग संघका अध्यक्ष नवराज भण्डारीले एनआरएन थाइल्याण्डले गरेको सहयोग र समर्थनले आफुहरुलाई थप उत्साह पुगेको र बिदेशमा जादा पनि नेपाल आफुसंगै भएको अनुभब बोध गराएको बताउनुभयो ।
थाई बक्सिङ्गको केन्द्र थाइल्याण्डमा भएकोले एनआरएन थाइल्याण्डको सहयोगले भविष्यमा पनि खेलाडीहरुको बिकासमा बिशेष महत्व राख्ने विचार ब्यक्त गर्नुभयो ।
गोल्ड मेडल बिजेता तामांगले यस उपलब्धिले आफुलाई ब्यबसायिक रुपमा अगाडी बढ्न हौसला मिलेको बताए ।
सम्मान समारोहमा खेलकुद बिभाग प्रमूख सोम्बाट राइ, युवा बिभाग प्रमुख दिपेश श्रेष्ठ, संचार बिभाग प्रमुख आशाजिता अवाले, सूचना प्रबिधि बिभाग प्रमुख रविन महर्जन, सेन्ट्रल रिजनल कोअर्डिनेसन काउन्सिलका सयोजक भबेन्द्र बस्नेत, सचिब गणेश खनाल र कोषाध्यक्ष मल्लिका जोशीले खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।

















प्रतिक्रिया